- भदौ ११, २०८१
बङ्गलादेशका पूर्वकप्तान साकिब अल हसनले आगामी वर्षको मार्चसम्ममा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बताएका छन् । शकिबसँगै पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टीका दर्जनौं अन्य सदस्यमाथि प्रहरीले प्रदर्शनकारीमाथि गरेको घातक दमनमा दोषी ठहर गर्दै हत्याको आरोप लगाइएको छ ।
गत महिना विद्यार्थी नेतृत्वमा भएको आन्दोलनमा हसिनाको सरकार ढलेपछि ३७ वर्षीय शाकिब बङ्गलादेश फर्किएका छैनन् । शाकिबले अर्को वर्ष पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफी आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल हुने बताएका छन् ।
उनले दक्षिण अफ्रिकाविरुद्धको दुई टेस्ट शृङ्खलाका लागि स्वदेश फर्कन चाहेको र यसबारे बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी)सँग सोधपुछ गरेका छन् । “यो मेरो इच्छा हो, मैले बिसिबी र चयनकर्तालाई यो कुरा भनेको छु,” भारतविरुद्ध कानपुरमा शुक्रबार हुने दोस्रो टेस्टअघि शाकिबले पत्रकारसँग भने ।
“उनीहरू मसँग सहमत भए, उनीहरूले सम्भव भएसम्म सबै कुरा व्यवस्थित गर्ने प्रयास गरिरहेका छन्, ताकि म मिरपुरमा ती दुई ‘टेस्ट म्याच’हरू खेल्न बङ्गलादेश फर्कन सकूँ र त्यहाँबाट नै विश्राम लिन सकूँ ।” उनले भने । “यदि त्यसो भएन भने सायद यो मेरो अन्तिम घटना हो।”
अक्टोबर २१ देखि सुरु हुने दक्षिण अफ्रिका भ्रमण अझै अन्योलमा छ, गत महिनाको आन्दोलनपछि बङ्गलादेश पर्याप्त सुरक्षित छ कि छैन भनेर दक्षिण अफ्रिकाको पुरूषतर्फको खेल (प्रोटियाज) ले आँकलन गरिरहेका छन् ।
शाकिबले गत जुनमा भएको विश्वकपपछि टी–२० खेलका लागि खेलबाट बिदा लिने समयको अनौपचारिक घोषणा गरिसकेको बताए । “मैले जुनमा भएको विश्वकपबाट आफ्नो अन्तिम खेल खेलेको थिएँ। हामीले चयनकर्ता र बोर्डसँग यस विषयमा छलफल गरेका छौं। यो मेरो लागि निर्णय लिने सही समय हो र बिसिबीले केही नयाँ खेलाडीको खोजी गर्नेछ।” उनले भने ।
शाकिबले आगामी फेब्रुअरीमा पाकिस्तानले आयोजना गर्ने च्याम्पियन्स ट्रफीका लागि ५० ओभरको आफ्नो अन्तिम खेल खेल्ने बताएका छन्। उनी भन्छन्, “एकदिवसीय खेलमा मैले आठ खेल खेल्न बाँकी छ र च्याम्पियन्स ट्रफी अन्तिम हुनेछ।”
शाकिब बङ्गलादेशी टोलीलाई आफ्नो समयमा अन्तर्राष्ट्रिय दावेदार बन्नको लागि उदयको प्रेरक शक्ति मानिन्छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को अलराउन्डर वरीयतामा एकैसाथ तीनवटै फम्र्याटमा शीर्ष स्थानमा रहने उनी एक मात्र खेलाडी हुन् । शाकिबले यसै महिनाको सुरुमा पाकिस्तानमा आफ्नो टोलीको ऐतिहासिक टेस्ट शृङ्खलामा महत्वपूर्ण भूमिका खेलेका थिए र भारत जानुअघि इङ्ग्ल्यान्डको सरेको लागि काउन्टी क्रिकेट खेल्न गएका थिए । सन् २००६ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेयता ७० टेस्ट, २४७ एकदिवसीय र १२९ टी–२० खेल खेलिसकेका छन् उनले।
टिप्पणीहरू: