- असार ०६, २०८०
काठमाडौं, २१ पुस । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक धुम्बाराहीमा सुरु भएकाे छ ।
तीन दिनसम्म पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले आइतबार एजेन्डा तय गरेपछि धुम्बाराहीस्थित स्मार्ट दरबार बैङ्क्वेटमा केन्द्रीय समिति बैठक बसेको हो । केन्द्रीय समिति बैठकको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेपछि समसामयिक विषयमा ब्रिफिङ गर्ने भएका छन् ।
‘अध्यक्षले बैठकको उद्घाटनपछि अहिलेको समसामयिक परिस्थितिबारे ब्रिफिङ गर्ने कार्यतालिका छ’, उपाध्यक्ष अग्नि सापकोटाले भने, ‘त्यसपछि सबै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन् । त्यससलगत्तै बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन पेश हुने छ ।’
सापकोटाका अनुसार तीन दिनसम्म बसेको स्थायी समिति बैठकमा संगठनात्मक सिद्धान्तबारे लामो छलफल भएको थियो ।
टिप्पणीहरू: