- असार ०६, २०८०
कपिलवस्तु । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनसमस्या समाधानमा पार्टी प्रतिबद्धता रहेकाे बताएका छन् ।
जिल्ला समन्वय समितिद्वारा तौलिहवामा आयोजित पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हुलाकी राजमार्गको अभियान, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या र मिटरब्याजी पीडितको मुद्दालाई माओवादीले सरकारमा रहँदा प्राथमिकतामा राखेर काम गरेको स्मरण गराउँदै यस्ता बताएका हुन् ।
अध्यक्ष प्रचण्डले वर्षौंदेखि पछाडि पारिएका नागरिकका भावना र समस्यालाई बुझेर माओवादी केन्द्रले काम गर्दै आएको बताए ।
उनले भने, “अब तपाईंहरू हाम्रो साथ दिनुहोस्, माओवादीले समृद्ध तराई निर्माण गर्छ।”
कार्यक्रममा अध्यक्ष प्रचण्डले सयौं नव प्रवेशी लाई पार्टीमा स्वागत गर्नुका साथै राजनीतिक प्रशिक्षणसमेत दिए । उनले देशको वर्तमान अवस्था, पार्टीको नीति र भावी योजना बारे सहभागीहरूलाई जानकारी गराएका थिए।
टिप्पणीहरू: