- असार ०६, २०८०
काठमाडाैँ। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले संसद्को गतिरोध अन्त्य गर्न अधिकतम प्रयास गर्ने निर्णय गरेको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा बिहीबार बिहान बसेको पदाधिकारी बैठकले संसद्को गतिरोध अन्त्य गर्न सिर्जनात्मक र रचनात्मक ढंगले प्रस्तुत हुने निर्णय गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
‘हामी जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्नका लागि अधिकतम जोड रहनेछ। सिर्जनात्मक, रचनात्मक ढंगले हामी निकास निकाल्नका लाग्नेछौं’, उनले भने।
बैठकले ‘भिजिट भिसा’का नाममा नागरिकमाथि ठगी भइरहेको विषयमा भने छानबिन अपरिहार्य रहेको निष्कर्ष निकालेको हो।
‘व्यक्ति विशेषमा पार्टीको ध्यान छैन, मुख्य विषय छानबिन समिति गठन गरी प्रभावकारी छानबिन गर्नु हो, यसबारेमा निरन्तर छलफल भइरहेको छ। यसलाई सकारात्मक निष्कर्षमा पुर्याउनुपर्छ भन्ने दृष्टिकोणबाट छलफल अघि बढेको छ’, उनले भने, ‘यो गम्भीर विषय भएकाले छानबिनका लागि वातावरण बनाउनुपर्छ। सदन सञ्चालनका बारेमा सकारात्मक छलफल गरी अघि बढ्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौँ।’
टिप्पणीहरू: