- असार ०६, २०८०
काठमाडौँ। नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गरेकाे छ।
सोमबार बसेको माओवादी पदाधिकारी बैठकले राज्यका निकायहरूले छानबिन सुरु गरिसकेको अवस्थामा गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
‘भिजिट भिसा विदेश पठाउने कार्यमा गृह मन्त्रालयका कर्मचारीहरू जाेडिएका छन्। सबैतिरबाट चौतर्फी आवाज आइराखेको छन् कि यस्ताे विषयमा नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भनेर । कांग्रेसभित्रैका नेताहरूले पनि राजीनामा मागेका छन्’, उनले भने, ‘हाम्रो पार्टीको पदाधिकारी बैठकले पनि के निष्कर्ष निकालेको छ भने, राज्यका निकायहरूले छानबिन नै सुरु गरिसकेको अवस्थामा अब गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ। ताकि पावर दुरुपयोग हुन नपाओस्। निष्पक्ष छानबिनका लागि उहाँले मार्ग प्रशस्त गर्नुपर्छ भनेर हाम्राे पार्टीले निष्कर्ष निकालेकाे छ। उहाँले तुरुन्त राजीनामा दिनुपर्छ। जति ढिलो भयो उति राज्यको साख गिर्दै जान्छ।’
टिप्पणीहरू: