- असार ०६, २०८०
काठमाडाैं । नेपाली कांग्रेसको बैठकमा गृहमन्त्री रमेश लेखकले नैतिकताकाे आधारमा राजीनामा दिनु पर्छ भनेर अभिव्यक्ति दिने पार्टीका नेता डा. शेखर कोइराला, राजेन्द्र बजगाईँ र सुनिल शर्मालाई स्पष्टीकरण सोध्न प्रस्ताव गरिएकाे छ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको पदाधिकारी बैठकमा तीन नेताहरूलाई बोलाएर कुराकानी गर्न आग्रह गरेको एक नेताले जानकारी दिए ।
पछिल्लो समय शेखर समुहका नेताहरूले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गर्दै आएका छन्। भिजिट भिसा प्रकरणमा काेइरालालगायतका नेताले प्रश्न उठेपछि गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिनुपर्ने धारणा राखेका थिए। त्यसाे त सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि गृहमन्त्रीले राजीनामा दिन जरुरी नभएकाे प्रतिक्रिया दिएका छन् ।
टिप्पणीहरू: