शुक्रबार, ०५ वैशाख २०८२

मन्त्रीहरुले आफ्ना मान्छेलाई जागिर खुवाएर जनकपुर चुरोट बन्द गराए : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले जनकपुर चुरोट कारखाना मन्त्रिहरुले आफ्ना मान्छेलाई जागिर खुवाउदा बन्द भएको बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ औं वार्षिकोत्सव ‘इप्पान रजतजयन्ती, २०८१’ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले सो धारणा राखेका हुन् ।

जनकपुर चुरोट कारखाना बन्द हुनुमा तत्कालिन सरकारको हात रहेको भन्दै उनले  ५०० कर्मचारीले ले काम हुने ठाउँमा २७०० कर्मचारी भएको सुनाए । ‘६÷६ महिनामा सरकार परिवर्तन हुँदा सबै मन्त्रिहरुले आफ्ना मान्छे जागिरमा लगाउने भए । ओभर स्टाफिङका कारणक उद्योग नै समाप्त भयो । कारण अरु पनि छन्,’ प्रधानमन्त्री ओलीले भने । हामी प्राकृतिक रुपले सम्पन्न छौं तर, विकास चाहिन्छ पनि चाहिने कुरा गरे ‘इकोसिस्टम कायम राख्नु छ । संगसंगै विकास पनि गर्नुछ ।’ उनको भनाई थियो । 

मान्छे पस्न नपाउने वन के काम ? भन्दै प्रश्न गरे । ‘नीतिहरु काम गर्नका लागि हुन रोक्नका लागि होइन् । ऊर्जामा रहेका समाधान गर्न सरकार तत्पर छ ।,’ उनले भने,‘नागरिकको लगानी डुबे डुबोस भन्ने हुँदैन ।’


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ