शुक्रबार, २९ चैत २०८१

अध्यादेश ल्याउने सरकारकाे कदम खतरनाक, स्वेच्छाचारी र निरङ्कुश: विपक्षी दल


विपक्षी दलहरूले संसदको हिउँदे अधिवेशन बोलाएर कानुन निर्माण नगरी अध्यादेश जारी गरेकाे भन्दै आपत्ति जनाएका छन्।

शुक्रबार बसेको विपक्षी दलको बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै विपक्षी दलले अध्यादेश जारी गर्ने सरकारको कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकाे हाे।

सरकारको यो कदमबाट संविधानको मर्म तथा भावनामाथि प्रहार हुनुका साथै संसदीय प्रणालीको उपहास गर्ने खतरनाक, स्वेच्छाचारी र निरङ्कुश प्रवृत्ति प्रदर्शन गरेको विपक्षी दलकाे ठहर छ।

‘संघीय संसदको नियमित हिउँदे अधिवेशन बोलाएर कानुन निर्माण नगरी, संसदीय समितिमा छलफलको क्रममा रहेका विधेयकहरू फिर्ता समेत नलिई सोही विषयमा गम्भीर प्रकृतिका कानुनहरु अध्यादेशमार्फत् जारी गर्ने सरकारको कामप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सरकारको यो कदमबाट संविधानको मर्म तथा भावनामाथि प्रहार हुनुका साथै संसदीय प्रणालीको उपहास गर्ने खतरनाक, स्वेच्छाचारी र निरङ्कुश प्रवृत्ति प्रदर्शन गरेको छ भन्ने हाम्रो ठहर छ’, वक्तव्यमा भनिएकाे छ।

सरकार र सत्तारुढ गठबन्धनका दलहरूको निहित स्वार्थ पूर्तिका लागि संसदलाई छलेर राष्ट्रको दूरगामी भविष्यमा गम्भीर असर पार्ने प्रकृतिका कानुनहरु अध्यादेशमार्फत् ल्याएकाे भन्दै प्रतिपक्षीले सरकारकाे याे कदमको भत्र्सना गरेकाे छ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ