सोमबार, ०८ पुस २०८१

माइतीघरमा उभिएर रास्वपाले भन्यो ‘ओई सरकार ओई गिरीबन्धु खोई ?


काठमाडौं ९ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माइतीघर मण्डला क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।  पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरापछि शुक्रवार काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको हो । 

प्रदर्शनमा सहभागीहरु प्लेकार्डसहित उपस्थित भएका थिए । ‘ओइ सरकार ओइ, ८७ अर्ब खोइ ? यति ओम्नी खोइ ? नक्कली भुटानी शरणार्थी खोइ ? टीकापुर जग्गा, गिरीबन्धु खोइ ?, राजनीतिक प्रतिशोध बन्द गर, अधिनायकवाद चल्दैन’, जस्ता नारा लगाएका थिए । सहकारी पीडितलाई न्याय दिनुपर्ने उनीहरुको भनाई थियो ।

माइतीघरमा भेला भएका रास्वपाका कार्यकर्ताहरू बिजुली बजारसम्म पुगेर प्रदर्शन गरेका थिए । पूर्व गृहमन्त्री समेत रहेका लामिछाने सहकारी ठगीमा संलग्न भएको अभियोगमा पक्राउ परेपछि रास्वपाले निरन्तर आन्दोलन गर्दै आएको छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ