- असार ०७, २०८०
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्न सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
उक्त पत्रपछि प्रहरीले चाैधरीलाई पक्राउ गरेर कारागार पुर्याएको थियो । उक्त पत्र आधिकारिक नरहेको खुलेपछि चाैधरी रिहा भएका थिए भने पत्र लेखेको आरोपमा विष्ट पक्राउ परेका थिए ।
टिप्पणीहरू: