मङ्गलबार, २३ भदौ २०८३

पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध


बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरोका कारण बैतडी–जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो । 

आज बिहान सडकखण्डमाथिबाट ढुङ्गासहितको  पहिरो खसेर सडक अवरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । अहिले जेसिबीले सडकमा खसेको पहिरो हटाउने काम भैरहेको उनले जानकारी दिए । पहिरोका कारण  यातायात सेवा  प्रभावित भएको छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ