शुक्रबार, १९ मंसिर २०८२

श्रीमतीको शंकास्पद मृत्युपछि मधेशका योजना आयोगका कर्मचारी पक्राउ


जनकपुर । मधेश प्रदेशको नीति तथा योजना आयोगका कर्मचारी प्रशान्त मिश्र पक्राउ गरेका छन् ।

उनको श्रीमती रोशनीको शंकास्पद मृत्यु भएपछि ससुरालीको उजुरीको आधारमा पक्राउ परेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीस्थित घरमा २७ वर्षीया रोशनी झाको गत बिहीबार पासो लगाएर झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।
घरका सदस्यहरुले रोशनीले पासो लगाएर आत्महत्या गरेको जानकारी माइती पक्षलाई गराएका थिए । तर, माइती पक्षले भने घरकै सदस्यहरु मिलेर रोशनीको हत्या गरेको आरोप लगाएको छ ।

रोशनीको चार वर्ष अघि सामाजिक परम्परा अनुसार प्रशान्तसँग बिवाह भएको थियो । 

माइती पक्षले परिवारका सदस्यले हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा रोशनीका पति प्रशान्त मिश्र र ससुरा रुद्रनारायण मिश्रविरुद्ध उजुरी दिएका थिए । उजुरीपछि प्रहरीले उनीहरुलाई आइतबार नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ