बुधबार, ११ असार २०८२

विशेष अदालतमा माधव नेपालको बयान जारी


फाइल तस्बिर

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बयान सुरु भएको छ।

बुधबार विशेष अदालतमा हाजिर भएका अध्यक्ष नेपालकाे न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान सुरु भएको हो।

पतञ्जली जग्गा प्रकरणमा बयान दिन पूर्वप्रधानमन्त्री नेपाल आफैं अदालतमा उपस्थित भएका हुन्। उनको बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियाे।

माधव नेपाललगायतविरुद्ध  काभ्रेपलाञ्चोकको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको तथा उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको अभियोग छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ