बुधबार, ०३ भदौ २०८३

बालेन्द्रतन्त्र हाबी हुँदा लाेकतन्त्र संकटमा : एमाले


काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले मुलुकमा बालेन्द्रतन्त्र हाबी भएको बताएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै एमाले ‘बादल’ ले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवालमा गम्भीर सङ्कट पैदा भएको बताए। 

नेपालको लोकतान्त्रिक इतिहासमा सर्वाधिक कठिन समय आएको उल्लेख गर्दै अहिलेको शासन सत्तालाई बालेन्द्रतन्त्र को संज्ञा दिए । बालेन शाह नेतृत्वको सरकार अधिनायकवादतिर उन्मुख भएको र यसले लोकतन्त्रलाई संकटमा पारेको उनको भनाई थियाे ।

नेता बादलले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट प्रहार भइरहेको भन्दै जेठ १७ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीले दिएको जवाफप्रति उनले आपत्ति जनाए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक सत्ता संघर्षले राष्ट्रिय सुरक्षामा चिन्ता बढाएको बताउँदै बादलले भू–राजनीतिक चलखेलको आशंका व्यक्त गरे । रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेनको संसदमा आकस्मिक आगमनबिच सम्बन्ध रहेको उनको दाबी छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ