- असार ०७, २०८०
लुम्बिनी, २६ भदौ । अपहरण अभियाेग लागेका लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिएकाे राजिनामा मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गरेका छन् ।
बाँके क्षेत्र नं ३ प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य कुर्मी गत साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरणमन्त्री नियुक्त भएका थिए ।
बाँकेको नेपालगन्ज– १७ परसपुरकी निर्मला कुर्मीको अपहरणपछि हत्या घटनाका मुख्य आरोपी बादशाह कुर्मी मन्त्री नियुक्त भएदेखि नै अभियन्ताहरुले विराेध गर्दै आएका थिए ।
व्यापक दबाबपछि राजीनामा बुझाउन बाध्य भएका बादशाहले निर्मलाको न्यायका लागि लड्दै आएका रुबी खानलगायत अभियन्ताको आन्दोलनलाई ‘डलर कमाउने हावादारी आन्दोलन’ भन्दै आलोचना गरेका छन् । उनले आफ्नो राजीनामा आन्दोलनको दबाबका कारण नभई घरायसी समस्याका कारण आएको दाबी गरेका छन् ।
टिप्पणीहरू: