आइतबार, १४ पुस २०८१

ललितपुरमा चक्कु प्रहारबाट एक युवाकाे मृत्यु


काठमाडाैं, ९ पुस ।  गएराति ललितपुरको सातदोबाटोमा चक्कु प्रहारबाट एक युवकको हत्या भएको छ। 

सुनसरीको इटहरी घर भइ ललितपुर बस्दै आएका २३ वर्षीय नयन गुरूङको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले जानकारी दिए। 

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले डडेल्धुरा घर भई ललितपुर महानगरपालिका ९ च्यासल बस्ने २६ वर्षीय हेमराज भट्टसहित तीन जनालाई पक्राउ गरेको छ। 

गएराति सवा नौ बजे ललितपुर महानगरपालिका-९ च्यासलस्थित ‘टाउन अफ क्याफे’मा उक्त घटना भएको हो। 

खाजा खाएपछि बिल तिर्ने क्रममा विवाद हुँदा कामदारले एक्कासी ग्राहकलाई चक्कु प्रहार गरेकाे प्रहरीकाे भनाई छ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका गुरुङको उपचारको क्रममा गएराति बीएन्डबी अस्पताल ग्वार्कोमा मृत्यु भएको हो। 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ