शुक्रबार, २९ चैत २०८१

६५ लाख धरौटीप्रति असन्तुष्टि जनाउँदै रविले दिए उच्च अदालत पाेखरामा निवेदन


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जिल्ला अदालत कास्कीको थुनछेक आदेशप्रति असन्तुष्टि जनाउँदै उच्च अदालत पाेखरामा निवेदन दर्ता गराएका छन्।

काुनन व्यवसायीसहित सोमबार उच्च अदालत पोखरा पुगेका लामिछानेले जिल्ला अदालतकाे आदेश बदर गरेर साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भनी निवेदन दर्ता गरेका हुन्।

कास्की अदालतका न्यायाधीश नीतिज राइको इजलासले रविलाई गत पुस २५ गते ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

उक्त आदेशमा फाैजदारी कार्यविधि संहिताकाे दफा ६८ बमाेजिम धराैटी माग गरेकाेमा चित्त नबुझी साे बेरितकाे आदेश बदर गरी दफा ६९ बमाेजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भनी निवेदन दिएका हुन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ