- असार ०६, २०८०
काठमाडाैं, २२ पुस । एमाले सांसद एवम् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएकाे छ ।
एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले अनिललाई पक्राउ गर्न अदालतले सोमबार अनुमति दिएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मोरङले अब अनिलको खोजी सुरु गरी थप अनुसन्धान अघि बढ्ने जनाएको छ । प्रहरीले अदालतबाट अनुमति लिए लगत्तै अनिल फरार छन् ।
टिप्पणीहरू: