- असार ०६, २०८०
काठमाडौं, १९ पुस । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको जीवनमा दुःख माथी दुःख थपिँर्दै गएको छ । लेखा समिति सभापतिले ‘न्यायपूर्ण’ काम गर्न नसकेको गुनासो बढिरहेको बेला आफ्ना मान्छेहरु धमाधम ठगीमा संलग्न भएपछि उनी तनावमा छन् ।
पोखरेलकी श्रीमती अञ्जना कोइराला सहकारीको रकम हिनामिनाको आरोप लागेपछि गुप्तवास बसेकी छिन् भने स्वकिय सचिव अनिल पोखरेल ठगीमा संलग्न भएको पुष्टि भएपछि विज्ञप्ती निकालेर हटाएको सूचना जारी गर्न वाध्य भएका छन् ।
मोरङको रंगेली नगरपालिका २ घर भएका काठमाडौं बस्दै आएका अनिलमाथी एमबीबीएस भर्नाका लागि ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।
सप्तरी अग्नीसाइर कृष्णासवरन गाउँपालिका ५ बकधुवा बस्ने बौआलाल चौधरीले आफ्नो छोरीको नाम निकालिदिन्छु भनेर अनिलले विभिन्न मितिमा ३८ लाख ५० हजार लिएको आरोप लगाएका छन् ।
त्यसो त सांसद पोखरेलकी श्रीमती अञ्जना कोइराला उमागौरी कृषि सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोप लागेपछि फरार छिन् र अञ्जनासहित २६ जनाविरुद्ध २७ मंसिरमा जिल्ला अदालत मोरङमा सहकारीको रकम अपचलन आरोपमा मुद्दा दर्ता भएको थियो । विराटनगरमा रहेको महेन्द्र रात्री विद्यालयकी शिक्षिका समेत रहेकी कोइराला विद्यालयको रेकर्डमा बिदा बसेको उल्लेख छ तर, अहिलेसम्म प्रहरीको सम्पर्कमा आएकी छैनन् ।
टिप्पणीहरू: