आइतबार, २० वैशाख २०८३

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलमा पहिराे, यातायात अवरुद्ध


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलमा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रुपमा अवरुद्ध भएको छ । बिहान ५ः४५ बजे पहिरो खसपछि सडकमा एकतर्फी रुपमा मात्रै यातायात सञ्चालन भइरहेको जनाइएको छ । 

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार डिभिजन सडक कार्यालय भरतपुरसँग सडक सफा गर्न डोजर मगाइएको छ । पहिरो खसेको स्थल मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पर्दछ ।
 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ