मङ्गलबार, २९ वैशाख २०८३

श्रममन्त्रीका चालक अपहरण अभियाेगमा पक्राउ


जनकपुरधाम । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवका चालक मुस्तकिम आलम अपहरण अभियाेगमा पक्राउ परेका छन् ।

महादेवा गाउँपालिका-१ घर भई हाल राजविराज नगरपालिका-३ मा बस्दै आएका आलमलाई सोमबार राजविराजबाट पक्राउ गरिएको सप्तरी प्रहरीले बताएको छ । आलम मन्त्री यादवको सचिवालयमा हलुका सवारी चालकको रूपमा कार्यरत छन् ।

पीडितको जाहेरीअनुसार मुस्तकिम मियाँसहितका व्यक्तिहरूले उनलाई जबर्जस्ती अपहरण गरी एकान्त स्थानमा लगेका थिए । त्यसपछि शरीर बन्धक बनाएर निर्घात कुटपिट गर्नुका साथै नग्न बनाएर भिडियोसमेत खिचिएको आरोप छ । भिडियाे सार्वजनिक भएपछि अपहरणकाे रहस्य सार्वजनिक भएकाे थियाे ।

 प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्ति फरार छन् र उनीहरूको खोजी जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

आलमलाई सप्तरी जिल्ला अदालतबाट हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद थप भएकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ