मङ्गलबार, ३० भदौ २०८३

कृष्णभीरकाे ट्रयाक खुल्याे, १ गतेदेखि सवारी सञ्चालन


काठमाडाैं ।  पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । 

 रसुवाको भोटेकोशी नदीमा आएकाे बाढीले बाटाे कटान गरेपछि अवरुद्ध हुँदै आएकाे थियाे ।

हिजाेदेखि परीक्षणका रुपमा यातायात सेवा सुरु भएकाे उक्त सडकमा असोज १ गते बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन गरिनेछ । 

यही भदौ १० गते बिहान आएको बाढीले कृष्णभीरको ‘सुरक्षा पर्खाल’मा क्षति पुर्‍याएको थियो भने भदौ १४ गते आएको अर्को बाढीले उक्त पर्खाल भत्काएपछि यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

त्यसलगत्तै पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्लिकल सोसाइटीका प्राविधिकहरुको सहयोगमा ४ दिनसम्म द्रुत अध्ययन गरेको थियो । विज्ञहरुले कृष्णभीरको पहाड काटेर २५० मिटर लामो नयाँ ट्रयाक बनाउन पहिलो विकल्पका रुपमा सुझाव दिएका थिए । विज्ञहरुबाट प्राप्त सुझावका अनुसार यही भदौ १९ गतेदेखि रुख कटान सुरु गरिएको थियो । त्यसपछि ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड खनेर ट्रयाक निर्माण गरिएको हो । 

यस काममा प्राविधिकसहितका ५० जनाले निरन्तर दैनिक १२ देखि १६ घण्टासम्म काम गरिरहेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । काम सुरु भएको १०औँ परीक्षणका रूपमा ग्यास बुलेटसहित केही सवारी साधन सञ्चालन भइसकेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ