मङ्गलबार, ३० भदौ २०८३

देउवाकाे अपिल : मलाई कुनै पदकाे लाेभ छैन


काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् ।

मंगलबार ७ बुँदे अपिल जारी गर्दै देउवाले पछिल्लो समय कांग्रेसभित्र देखिएको विवाद र असमझदारीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पार्टीको विधि, विधान, पद्धति र परम्पराविपरीत केन्द्रीय समितिको निर्णयलाई बेवास्ता गर्दै संस्थापनले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएको उनको आरोप छ ।

विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशनको प्रक्रिया अघि बढाउनु राजनीतिक, नैतिक, कानुनी तथा संवैधानिक दृष्टिले उपयुक्त नभएको देउवाकाे भनाई छ ।

साथै उनले आफुलाई कुनै पद वा जिम्मेवारीप्रति लोभ नरहेको पनि दावी गरेका छन् ।

उनले कांग्रेसभित्रको वर्तमान मतभेद अन्त्य गरी एकता, सहमति र सहकार्यका आधारमा आगामी मंसिर २१, २२ र २३ गते हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

यता संस्थापन पक्षले असोजमा महाधिवेशन गर्ने तयारी सुरु गरेकाे छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ