आइतबार, २६ असोज २०८२

केन्द्रीय कार्य समिति तत्काल विघटन गरी कार्यबाहक ताेक्न देउवालाई काेइरालाकाे आग्रह


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले केन्द्रीय कार्य समिति तत्काल विघटन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

शनिवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै  उनले सभापति देउवालाई कार्यबाहक सभापतिको जिम्मेवारी तोक्न पनि सुझाव दिएकाे बताए ।

नेता कोइरालाले आगामी मंसिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भएकाले देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी अरुलाई दिएर महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउनुपर्ने धारणा राखे । 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ