- असार ०६, २०८०
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर आफ्नै घरमा सङ्कलन गरी राख्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
उक्त दिनहरुमा नेपालीको महान् पर्व दसैँको परेकाले सफाइ कर्मचारी चाडपर्व मनाउन जानुपर्ने हुँदा घर बाट निस्कने फोहर घरमै सङ्कलन गरी राख्न अनुरोध भएको हो । जम्मा भएका फोहरलाई कुहिने र नकुहिनेलाई वर्गीकरण गरी छुट्टाछुट्टै राख्न पनि कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले सबैलाई अनुरोध गर्नुभएको छ ।
उक्त मितिबाहेक अन्य दिन नियमित रुपमा फोहर व्यवस्थापन हुने कामपाले जानकारी दिनएको छ ।
टिप्पणीहरू: