बुधबार, ०३ भदौ २०८३

बागमतीमा मुख्यमन्त्रीका लागि किरण थापाले गरे दाबी पेस


बागमती । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा (एमाले) का प्रदेशसभा सदस्य किरण थापामगरले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष आज दाबी पेस गरेका छन् ।

उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट समर्थन गरिएको छ । एमाले संसदीय दलको बैठकले सोमबार थापामगरलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । 

एक सय चार सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशमा नेपाली कांग्रेसको ३६ सिट, नेपाली कम्युनिस्ट पार्टीको २६, एमालेको २५, राप्रपाको १२, नेपाल मजदुर किसान पार्टीको तीन र हाम्रो नेपाली पार्टीको दुई सिट रहेको छ । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ