- असार ०६, २०८०
काठमाडौं । राष्ट्र बैंकको डेपुटी गभर्नरमा सोही बैंकमा कार्यरत निर्देशक किरण पण्डित नियुक्त भएका छन् ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नरको पद रिक्त थियो । दुई मध्ये एकमा पण्डित नियुक्त भएका हुन् ।
टिप्पणीहरू: