शुक्रबार, २९ चैत २०८१

खानेपानी माग्दै सिंहदरबार पुगे हर्क साम्पाङ, गाग्री प्रहरीले खोस्यो


काठमाडौँ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खानेपानी माग्दै सिंहदरबार पुगेका छन्।

धरानको पानीको समस्या समाधानका लागि खानेपानीमन्त्रीलाई दबाब दिन भन्दै मेयर साम्पाङ मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेका हुन्।

उनी रित्तो गाग्री लिएर साेमबार काठमाडौँ आएका थिए। रित्तो गाग्रीसहित साम्पाङ सिंहदरबार प्रवेश गर्न लागेका थिए। तर उनको गाग्री भने प्रहरीले खोसेको छ। 

धरानको खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न माग गर्दै काठमाडौँ आएका उनी मन्त्रालयमा छलफलमा छन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ