शुक्रबार, २९ चैत २०८१

काठमाडाैंकाे शंखरापुरमा भएकाे स्कुल बस दुर्घटनामा तीन जना विद्यार्थीकाे मृत्यु, ४० घाइते (घाइतेकाे सूचीसहित)


काठमाडाै‌ ।  काठमाडौँको साँखु श‌ंखरापुरमा बुधबार दिउसाे भएकाे स्कुल बस दुर्घटना हुँदा ३ जना विद्यार्थीकाे मृत्यु भएको छ। ४० जना विद्यार्थी घाइते भएको काठमाडौँका प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।

एकजनाकाे शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ भने एनएमसी अस्पतालमा एक जना र त्रिवि शिक्षण अस्पतालमा एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेकाे छ । नगरकाेटमा  विद्यार्थीलाई पिक्निक लगेर फर्किने क्रममा बस दुर्घटना भएकाे हाे ।

घाइते ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

घाइतेहरुकाे सूची यसप्रकार रहेकाे छ
पिपुल्स लाइफ केयर अस्पतामा  उपचारार्थ घाइतेहरू

१) फिलिप लामा, वर्ष १०
२) प्रज्ज्वल थापा, वर्ष १०
३) भीम तामाङ, वर्ष ११
४) राम पररियार, वर्ष  १६
५) सुजन मगर, वर्ष १६
६) सिरिसा सुवेदी, वर्ष १२
७) प्रकाश बम, वर्ष १६
८) साधन विष्ट, वर्ष १२
९) आराध्या शाह, वर्ष १०
१०) आशिष तामाङ, वर्ष १५
११) स्नेहा राई, वर्ष २१
१२) गंगा ज्योति, वर्ष ४२
१३) रञ्जित थापा, वर्ष १३
१४) सुहाना गुभाजु, वर्ष  १३
१५) श्रीशान्त पौडेल, वर्ष १५
१६) कल्पना रेग्मी, वर्ष ३२
१७) विकल्प श्रेष्ठ, वर्ष १०
१८) नाइस्का पाण्डे, वर्ष २३
१९) सुविता तामाङ, वर्ष १४
२०) निशान्त पौडेल, वर्ष १४
२१) सौगात मगर, वर्ष १४
२२) अबित खान, वर्ष १०
शंखरापुर अस्पतालमा उपचार्थ

१) आदित्य सुनार, वर्ष १२/१३
२) धीरज साउद, वर्ष १४
३) सन्देश गिरी, वर्ष १३

गरी एनएमसी अस्पतालमा १० जना र टिचिङ अस्पतालमा तीनजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ