- असार ०६, २०८०
काठमाडौं, ४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारको जगमा उभिएको बताएका छन् ।
सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको कुराकानीमा लामिछानेले सरकारले भ्रष्टाचारीको संरक्षण गरेर आफूलाई झुटा मुद्दा लगाएको आरोप लगाए । ‘मलाई जस्तो डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो’, उनले भने । केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउने उनको भनाई थियो । ‘यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ’, उनले भने ।
आफूलाई अदालतले न्याय दिने बताएका छन् । आफूलाई न्यायलयप्रति विश्वास रहेको भन्दै न्यायालयप्रति एकदमै धेरै विश्वास रहेको बताए ।
टिप्पणीहरू: