- असार ०६, २०८०
काठमाडाैं, २१ पुस । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै केन्द्रीय सदस्यले सम्पत्ति विवरण बुझाउनुपर्ने प्रस्ताव गरेका छन्।
आगामी फागुन १ भित्र सबैले पार्टीमा सम्पत्ती विवरण बुझाउन उनले आग्रह गरेका छन् ।
माओवादी केन्द्रको आइतबारदेखि सुरु भएको केन्द्रीय समितिको छैटौं बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन्।
‘फागुन १ गतेसम्ममा सबै सीसीएमहरुले आफू र परिवारको सम्पत्ति विवरण बुझाउनु पर्ने र जीवननिर्वाहको स्रोत खुलाउनु पर्ने,’ उनको प्रस्ताव छ।
माओवादी केन्द्र भूमिगत हुँदा सबै केन्द्रीय नेताहरुले पार्टीमा सम्पत्ति विवरण बुझाउनुपर्थ्याे तर, शान्ति प्रक्रियामा आएसँगै सम्पत्ति विवरण बुझाउन छाडेकाे थियाे ।
माओवादीमा ४ सय ९ पूर्ण केन्द्रीय सदस्य र २०५ वैकल्पिक केन्द्रीय सदस्य रहेका छन्।
टिप्पणीहरू: