- भदौ ०२, २०८१
कङ्क्रिटले ढाकिएको सेप्टिक ट्याङ्कीमा एक पत्रकारको क्षत–विक्षत शव फेला परेपछि भारतको मिडिया वाचडगले विस्तृत अनुसन्धानको माग गरेको छ ।
अठ्ठाइस वर्षीय स्वतन्त्र पत्रकार मुकेश चन्द्राकरले भारतको मध्य छत्तीसगढ राज्यमा भ्रष्टाचार र दशकौँ पुरानो माओवादी विद्रोहबारे व्यापक रूपमा रिपोर्टिङ गरेका थिए र लोकप्रिय युट्युब च्यानल ‘बस्तर जङ्क्सन’ सञ्चालन गर्दै आएका थिए ।
भारतीय प्रेस काउन्सिलले चन्द्राकरको सन्दिग्ध हत्यामा ‘चिन्ता’ व्यक्त गर्दै शनिबार राति एक विज्ञप्तिमा ‘घटनाको तथ्य’ मा प्रतिवेदन माग गरेको छ । चन्द्राकर बेपत्ता भएको उनको परिवारले रिपोर्ट गरेपछि प्रहरीले उनको मोबाइल फोन रेकर्ड ट्र्याक गरेपछि जनवरी ३ मा उनको शव फेला परेको थियो । तीन जनालाई पक्राउ गरिएको छ ।
भारतका स्रोत–सम्पन्न मध्य क्षेत्रहरूमा सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि लडिरहेको भन्दै नक्सलवादी विद्रोहीहरूले दशकौँदेखि चलाएको विद्रोहमा १० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।
सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले चन्द्राकरको मृत्युलाई ‘हृदयविदारक’ भन्दै जिम्मेवारहरूलाई ‘कडाभन्दा कडा सजाय’ दिने प्रतिवद्धता जनाएका छन् ।
रिपोर्टर्स विदाउट बोर्डर्सद्वारा सञ्चालित विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा भारत गत वर्ष १५९औँ स्थानमा रहेको थियो ।
टिप्पणीहरू: