शुक्रबार, २६ पुस २०८१

कानुनमन्त्रीसहित राष्ट्रपतिसँग प्रधानमन्त्रीकाे भेटघाट


काठमाडौँ, २६ पुस ।  राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवनमा भएको भेटमा उनीहरुबीच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

 त्यस अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया,  मुख्यसचिव एकनारायण अर्याललगायत वरिष्ठ सरकारी अधिकारी सहभागी थिए ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ