मङ्गलबार, ०६ साउन २०८२

छाउगाेठमा सुतेकी कमलाकाे सर्पले डसेर मृत्यु


कैलाली। कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ निगालीमा एक महिलाको सर्पको टोकाइबाट मृत्यु भएकाे छ।

छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला आउजीलाई २८ गते राति  सर्पले टोकेको थियो।

 सर्पले बायाँ गालामा टोकेपछि उनी गम्भीर घाइते भएकाे प्रहरीकाे भनाई छ ।

उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा शनिवार साँझ ८ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) सागर बोहराले जानकारी दिए।

कमला आउजीका श्रीमान् भारत बस्छन्। 

सुदूरपश्चिममा छाउ गोठ भत्काउने र छाउपडी कुप्रथाविरुद्ध अभियान चलिरहे पनि अझै महिनावारी भएका बेला छाउगोठमा सुत्ने परम्पराको अन्त्य भएको छैन ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ