मङ्गलबार, २६ फागुन २०८२

१३ वर्षदेखि निर्माणाधीन कमला पुलको पुनर्निर्माण गरिँदै (तस्बिरहरू)


धनुषा। धनुषा–सिरहा जोड्न कमला नदीमा करिब १३ वर्षदेखि निर्माणाधीन रहेको पुलको पुनर्निर्माण कार्यलाई तिव्रता दिइएकाे छ।

पुल निर्माण सम्पन्न चरणमा रहेकै बेला विसं २०७८ असारमा नदीमा आएको बाढीका कारण पुलको दुईवटा पिल्लर भासिएकोमा अहिले मर्मत कार्यलाई तिव्रता दिइएको हाे।

हुलाकी राजमार्गकाे मेरूदण्डकाे रूपमा रहेकाे पुल लामाे समय निर्माण सम्पन्र नहुँदा नागरिकले सास्ती भाेग्नुपरेकाे छ।

विसं २०६८ मा तीन वर्षभित्र पुल सम्पन्न गर्ने सम्झौता भए पनि पटकपटक म्याद थप गरिँदा पनि ठेकेदारको लापरवाहीका कारण अलपत्र थियाे। उक्त पुललाई तराई मधेसको ‘लाइफ लाइन’का रूपमा हेरिन्छ।

तस्बिरः विष्णु नेपाल/रासस

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ