- असार ०७, २०८०
काठमाडाैँ। रुपन्देहीको देवदहबाट भारतको कुम्भमेला स्नान गर्न गएका तिर्थयात्री सवार गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय नम्बरको गाडी कुम्भमेलाबाट नेपाल फर्किँदै गर्दा उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाडरमा ठोक्किएर दुर्घटना भएको बताइएकाे छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा देवदह नगरपालिका-९ का ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीय दिपा खनाल र ४० वर्षीया गीता रहेका छन्।
दुर्घटनामा परी सवारी चालकसहित ५ जना घाइते भएका छन् । देवदह–९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे घाइते भएका छन्।
टिप्पणीहरू: