- असार ०७, २०८०
नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन लागिएकाे भन्दै आपत्ति जनाएका छन् ।
साेमबार बसेकाे प्रतिनिधिसभा बैठकमा बाेल्दै सांसद पौडेलले उज्यालाे नेपाल बनाएर कुलमानले के गल्ती गरे? भन्दै प्रश्न गरे।
‘कुलमान घिसिङलाई बिहान हटाइन्छ, बेलुका हटाइन्छ, भाेलि हटाइन्छ, पर्सि हटाइन्छ भनेर हल्ला गरेकाे सुनिन्छ। उज्यालाे नेपाल बनाएर के गल्ती गरे? कुलमानले घाटामा गएकाे विद्युत् प्राधिकरणलाई नाफा गराएर के गल्ती गरे? मुलुकलाई लाेडसेडिङमुक्त गराएर के गल्ती गरे? भारत र बङ्गलादेशमा बिजुली बेच्ने निर्णय गराएर के गल्ती गरे ?’, उनले प्रश्न गरे।
टिप्पणीहरू: