सोमबार, ०८ पुस २०८१

कैलालीमा दुईवटा माेटरसाइकल ठाेक्किँदा दुई जनाको मृत्यु


गोदावरी (कैलाली), १५ असोज । दुईवटा मोटरसाइकल ठाेक्किँदा कैलालीमा दुईजनाको मृत्यु भएको छ । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से ६प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराले उक्त दुर्घटनामा जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्युु भएको बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरी र मल्ललाई उपचारका  लागि राति नै धनगढीको नवजीवन अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेको  प्रहरीले जनाएको छ । यस्तै बा९५प ९२५२ नम्बरको मोटरसाइकल पछाडि सवार शुक्लाफाँटा नगरपालिका–७ का २२ वर्षीया दीपक बोहोरा घाइते भएका छन् । बोहोराको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ