- भदौ ०५, २०८१
बलिउड अभिनेत्री कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’ को प्रदर्शन मिति स्थगित भएको छ । आउदो ६ सेप्टेम्बरमा रिलिज हुने तय भएपनि अहिले स्थगित गरिएको छ । कंगना अहिले आफ्नो बहुप्रतिक्षित फिल्मको प्रमोशनमा व्यस्त छिन् ।
सन २०२१ म कंगनाले फिल्म निर्माण सुरु गरेकी थिइन् । विभिन्न कारण निर्माणमा ढिलाई भएको छ । फिल्म प्रदर्शन स्थगित भएको सन्दर्भमा कुरा गर्दै कंगनाले भनेकी छिन् ‘मेरै फिल्ममाथी इमर्जेन्सी लाग्यो । म यस घटनाबाट निकै दुःखी छु ।’
यो फिल्म निर्माण सुरु भएदेखि नै विवादमा छ । अहिले फिल्मका विषयमा शिख समुदायका केही व्यक्तिले विरोध गरेका छन् । शिख समुदायको आरोप छ ‘फिल्ममा उनीहरुको छबिलाई नकारात्मक चित्रण गरिएको छ ।’
टिप्पणीहरू: