- असार ०७, २०८०
काठमाडाैं । ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत २७ जना नेपाली विद्यार्थी होस्टेल फर्किएका छन्।
मंगलबार २७ जना विद्यार्थी कलेजको होस्टेल फर्किएको र नेपाली राजदूतावास नयाँ दिल्लीबाट गएको दुई जना प्रहरी टोलीसँग भेटेको त्यहाँ अध्ययनरत एक विद्यार्थीले जानकारी दिए।
'हामी २७ जना विद्यार्थी विश्वविद्यालयको होस्टेलमा फर्किएका छौँ। नेपाल सरकारबाट आउनुभएको दुई जनासँग पनि भेटघाट भएको छ। अन्य विद्यार्थीहरू अझै बाहिर नै हुनुहुन्छ। २ सय भन्दा बढी विद्यार्थीहरू नेपाल जाँदै हुनुहुन्छ भने जानकारी आएको छ।' सहभागी विद्यार्थीले भने ।
कलेजमा अध्ययनरत विद्यार्थी प्रकृती लम्सालकाे रहस्यमय निधन भएकाेमा निश्पक्ष अनुसन्धानकाे माग गर्ने विद्यार्थीलाई कलेज प्रशासनले साेमबार जबरजस्ती निकालेकाे थियाे । कलेज प्रशासनकाे हर्कतकाे व्यापक विराेध भएपछि विद्यार्थीलाई हाेस्टेल फर्किन कलेज प्रशासनले आग्रह गरेकाे थियाे ।
टिप्पणीहरू: