सोमबार, ०८ पुस २०८१

०७९ को चुनाव त ०८४ को चुनावका लागि निम्तो कार्ड हो : रबि लामिछाने


काठमाडौं, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले आफ्नो पार्टीको जन्मदेखि आजसम्म थुप्रै अप्ठयाराहरु भोग्नु परेको बताएका छन् । ति समस्या र अप्ठ्याराले अझै नछोडेको भन्दै अप्ठ्यारो आउनुमा आफ्नो कुनै भुमिका नभएको बताए । 

रास्वपाको आजदेखि काठमाडौँमा सुरु भएको केन्द्रीय परिषदको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै लामिछानेको भने, ‘हाम्रो आगमन नै अरुका लागि अप्ठ्यारो भयो त हामी के गरौं ?’ 

रास्वपाले बहुमत ल्याएर देश नहाँक्दासम्म यो समस्या आईरहने उनको भनाई थियो । ‘हामी सानो लडाईका लागि यहाँ जम्मा भएका होइनौ, हाम्रो सपना ठूलै हुन्छ । हामीले चाल्ने कदम पनि ठूलै हुन्छ र हामी माथी हुने प्रहार र आक्रमण पनि ठूलै हुन्छ ।’ उनले भने ।

उनलले कतिपयले रास्वपा सकियो भनेर प्रचार गरिरहेको पनि बताए । ‘रास्वपा सकियो भनेर गरिएको प्रचार हामीविरुद्ध गरिएको कुप्रचार हो । सदनमा हेर्नुस्, छोटो समयको सरकारमा रहँदाको काम हेनुस्,’  उनले भने, 

कतिपयले रास्वपा कमजोर भयो भन्ने भाष्य सिर्जना गर्न खोजेको भन्दै उनले ०८४ को चुनाव पर्खिन आग्रह गरे ‘०७९ को चुनाव त ०८४ को चुनावका लागि निम्तो कार्ड हो । हाम्रो लडाई बल्ल सुरु हुँदैछ ।’संवोधनको क्रममा लामिछानेले भने ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ