सोमबार, ०५ साउन २०८२

जुलीको सनसनी पूर्ण बयान : शारीरिक सम्बन्धको भिडियो बनाएपछि हत्या गर्न बाध्य भएँ


काठमाडौं । बिमलेश यादबको हत्या आरोपमा पक्राउ परेकी जुली झाले प्रहरीमा सनसनी पूर्ण बयान दिएकी छिन् ।

प्रहरीलाई बयान दिने क्रममा बिमलेशसँग आफ्नो सहमतिमै शारीरिक सम्बन्ध भएको र त्यही सम्बन्धको भिडियो बनाएर ब्ल्याकमेल गर्न थालेपछि हत्या गर्न बाध्य भएको बयान दिएकी छिन् ।

जुलीको भनाई अनुसार तीन वर्ष अघि बिमलेश र उनको शारीरिक सम्बन्ध भएको थियो । त्यही बेला बिमलेश र फोटो र भिडियो बनाएका रहेछन् । बिमलेशले फेशबुकमा नक्कली आइडी बनाएर फोटो र भिडियो जुलीका आफन्त र साथीभाईलाई पठाउन थाले ।

जुलीले प्रहरीसँग भनेकी छिन् ‘म सँग दुईटा विकल्प थियो । कि आत्महत्या गर्ने कि त उसको हत्या गर्ने । मैले दोस्रो विकल्प रोजेँ ।’ साउन ३ गते बिमलेशको जनकपुरमा रहेको गेष्ट हाउसमा रगताम्मे अवस्थामा होटलको तल्लाबाट भुइमा खसेको अवस्थामा भेटिएका थिए । उनको प्रादेशिक अस्पताल जनकपुरम उपचारको क्रममा निधन भएको थियो ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ