- असार ०६, २०८०
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले शुक्रबार लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जसपा नेपाल लुम्बिनी प्रदेश संसदीय दलका नेता अम्बिका काफ्लेले जानकारी दिइन्।
‘नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भए बमोजिम जनता समाजवादी पार्टी, नेपालले वर्तमान लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको यसै पत्रका साथ जानकारी गराउँदछु’, काफ्लेले पत्रमार्फत भनेकी छन्।
साथै उनले प्रदेशसभाको बैठकमा विपक्ष बेञ्चमा आशन व्यवस्थापनको लागि अनुरोध गरेकी छन्।
टिप्पणीहरू: