बुधबार, ०१ जेठ २०८२

पत्रकार फणिदेव महतको निधन


काठमाडौं ।  पत्रकार फणिदेव महतको मंगलबार साँझ निधन भएको छ । 

लामो समयदेखि ब्रेन ट्युमर रोगबाट पीडित रौतहटको चन्द्रनिगाहपुर निवासी महतको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।  

महत प्रेस चौतारी नेपाल मधेस प्रदेशका निवर्तमान अध्यक्ष थिए । महतको निधन भएको प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले जानकारी दिए। 

ट्युमरबाट पीडित महतले लामो समयदेखि सो रोगको उपचार गराउँदै आएका थिए ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ