शनिबार, ३० चैत २०८१

झण्डै ४ किलो सुनसहित विमानस्थलबाट ४ जना पक्राउ


त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट झण्डै ४ किलो सुनसहित ४ जना  पक्राउ परेका छन् ।

फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट काठमाडौं आएका उनीहरुलाई ३ किलो ७४५ ग्राम सुनसहित गएराति पक्राउ गरिएकाे त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएकाे छ।

पक्राउ पर्नेमा तीन महिला र एक पुरुष रहेकाे छन् । उनीहरु उज्वेकिस्तानका नागरिकहरु रहेकाे प्रहरीले जनाएकाे छ।

उनीहरुले मलद्वारमा लुकाएर ल्याएको अवस्थामा सुन बरामद भएकाे छ। पक्राउ परेकाहरुमाथि अनसुन्धान भइरहेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ