आइतबार, २१ वैशाख २०८२

जेठ २ गतेदेखि ‘मध्य पहाडी लोकमार्ग अभियान’ सुरु गर्ने माओवादीकाे निर्णय


फाइल तस्बिर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी जेठ २ गतेदेखि ‘मध्य पहाडी लोकमार्ग अभियान’ सुरु गर्ने निर्णय गरेको छ ।

आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले यस्ताे निर्णय गरेको हो ।

यसैगरी बैठकले हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी: तराई–मधेस जागरण अभियान’को समीक्षा गरेकाे प्रचण्डको सचिवालयले जनाएकाे छ ।

हुलाकी मार्ग केन्द्रित अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकोले माओवादीको मात्र नभई सम्पूर्ण राष्ट्रकै अभियान बन्न पुगेकाे बैठकले निष्कर्ष निकालेकाे छ ।

प्रचण्डको सचिवालयका अनुसार बैठकमा माओवादीप्रति देखिएको जनविश्वास, अभियानको तयारी, कार्ययोजना र संगठनात्मक पक्षबारे विस्तृत छलफल भएको छ ।

यस्तै बैठकले हुलाकी मार्ग केन्द्रित अभियानमा सहभागिता जनाएकाहरूप्रति धन्यवाद ज्ञापन गर्दै प्रस्ताव पारित गरेकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ