शनिबार, २४ जेठ २०८२

जनमत पार्टीका कोषाध्यक्ष यादव पक्राउ


काठमाडाैँ । जनमत पार्टीका निलम्बित केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र यादव पक्राउ परेका छन् ।

उनलाई आइतबार प्रहरीले सप्तरीको राजविराजबाट पक्राउ गरेको हो ।

जनमतका केन्द्रीय प्रवक्ता शरदसिंह यादवको जाहेरीमा जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी तथा आपराधिक विश्वासघात मुद्दा दर्ता भई ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकाे थियाे । साेही आधारमा कोषाध्यक्ष यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएकाे छ ।

पार्टीको कोष अनियमितता गरेको आरोपमा जनमतले यादवलाई केही समयअघि निलम्बन गरेको थियो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ