बुधबार, ०३ वैशाख २०८२

जुँगाको लडाई छाडौं, फागुन एकलाई जनक्रान्ति दिवस मनाऔं : बाबुराम भट्टराई


काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले जुंगाको लडाइँ छोडेर फागुन १ गतेलाई राज्य र सबै दल, जनताको तर्फबाट प्रत्येक बर्ष ‘जनक्रान्ति दिवस’ को रुपमा मनाउन आग्रह गरेका छन् ।

‘फागुन १ गते । नेपालको युगान्तकारी जनविद्रोह (जनयुद्ध) शुरू भएको दिन ! संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जग खन्न शुरू गरेको दिन । त्यो महायज्ञमा अमूल्य ज्यान अर्पण गर्ने महान शहीदहरू, वेपत्ताजन, घाइते÷अपांग योद्धाहरू सबैमा अन्तर्हृदयदेखि उच्च सम्मान !’ सामाजिक सञ्जाल फेशबुकमा उनले लेखेका छन् ।

१९९७ सालको विद्रोह, २००७ सालको जनक्रान्ति, झापा जनविद्रोह, २०४६ सालको जनआन्दोलन, २०५२–६२ सालको सशस्त्र जनयुद्ध, २०६२÷६३ सालको संयुक्त जनआन्दोलन, मधेश विद्रोह, थारू विद्रोह, आदिवासी जनजाति आन्दोलन लगायतका सबै आन्दोलन र क्रान्तिका कडीहरूलाई जोड्न उनले आग्रह गरेका छन् ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ