- असार ०६, २०८०
काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध म्याद थप गरेर अनुसन्धान हुने भएको छ ।
शनिबार राति आफ्नै निवास कपनबाट पक्राउ परेकी राईलाई म्याद थपका लागि आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइँदै छ । आइतबार म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।
जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले राईलाई पक्राउ गरेका थिए । यसअघि दुई महिना लामो अनुसन्धान सकेर परिसर काठमाडौंले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद राई समेतका व्यक्तिलाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।
उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको थियो । तर, सरकारी वकिल कार्यालयले सांसद राईलाई उन्मुक्ति दिंदै मुद्दा दायर गरेको थियो ।
उनलाई उन्मुक्ति दिएकाे विषयमा चाैतर्फी आलाेचना भएपछि पक्राउ परेकी हुन् । पार्टी सभापति शेरबहादुर देउवा निकट राई समानुपातिक सभासद हुन्
टिप्पणीहरू: