- असार ०६, २०८०
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियाेगमा एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यमाथि अनुसन्धान थालेको छ ।
गतसाता मात्रै बज्राचार्यले अख्तियारमा पुगेर सम्पत्ति विवरणको फारम भरेका छन्।
एमाले अध्यक्ष ओलीका नातेदार समेत रहेका बज्राचार्य लामाे समयदेखि ओलीकाे सचिवालयमा कार्यरत छन् ।
तीन वर्षअघि चर्चामा आएको नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका केशव दुलालले ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलाई एक करोड रुपैयाँ बुझाएकाे बयान गरेका थिए ।
बयानका क्रममा दुलाल, सानु भण्डारी लगायतले नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन उच्चपदस्थहरूलाई ‘आर्थिक व्यवस्थापन गरेको’ बयान दिएका थिए । तर उनीहरूमाथि अनुसन्धान भएकाे थिएन । बज्राचार्यले भने आफु नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न नभएकाे दावी गर्दै आएका छन् ।
टिप्पणीहरू: